बाँचुन्जेल नेता
जेठ ३२ शनिवार, २०७६
काठमाण्डौ / कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।
काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो । सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयता ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् ।
नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् ।
त्यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



