विद्युतमा आत्मनिर्भर बन्दै नेपाल
जेठ ३२ शनिवार, २०७६
काठमाण्डौ / कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उनी नियुक्त हुँदा देश चरम विद्युतभार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो ।
हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो। तर अहिले दृश्य फेरिएको छ । सबै चिज ठीक गतिमा गयो र कुनै भवितव्य आइपरेन भने अबको एक्दुई वर्षमा उत्पादित विद्युतको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को टाउको दुखाइको विषय हुनसक्छ ।
यही महिनाका औसत आँकडा हेर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले एक हजार २२६ मेगावाट विद्युत् आपूर्ति गरिरहँदा मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । यसमध्ये ५४७ मेगावाट बिजुली भारतबाट ल्याइएको हो । प्राधिकरणको आफ्नै आयोजनाबाट ४५२, निजीक्षेत्रबाट २२७ मेगावाट विद्युत् आपूर्ति भएको छ ।
आउँदा एक वर्षमा थप हुने एक हजार दुई सय मेगावाटसमेत तीन वर्षभित्र पुग्ने तीन हजार आठ सय मेगाबाट बिजुली खपत र व्यवस्थापनका लागि ठोस योजना बनाउने काममा जुट्नुपर्छ । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



