दिप्रुङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगीता सम्पन्न
कृष्णकला राई
जेठ ३२ शनिवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएको पालिकास्तरीय अन्तर मावि छात्र र छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।
खेल क्षेत्रको विकासका लागि नेपाल सरकारको शशर्त अनुदान अन्र्तगतको बजेटबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खेलमैदानमा भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।
प्रतियोगीतामा छात्रतर्फ सरस्वती मावि डाँडाखर्क सप्तेश्वर छितापोखरी प्रथम, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु दोश्रो र शान्ति मावि टेम्मा तेश्रो भएका छन् ।
यस्तै, छात्रातर्फ धिप्लुङ मावि सेम्मा छितापोखरी प्रथम, कृष्ण मावि टेम्मा दोश्रो र शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु तेश्रो भएको आइटी अफिसर मनिचन्द्र राइले जानकारी दिए ।

प्रतियोगीतामा छात्रतर्फ उत्कृष्ट खेलाडी शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुका प्रज्वल बस्नेत र अनुशासित खेलाडी शान्ति मावि टेम्माका सरोज खत्री घोषित भए भने छात्रतर्फ उत्कृष्ट खेलाडी धिप्लुङ मावि सेम्मा छितापोखरीकी जानुका मगर र अनुशासित खेलाडी शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुकी अन्सुना परियार घोषित भइन् ।
प्रतियोगीताका विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगीतामा छात्रतर्फ प्रथम स्थान प्राप्त गर्ने टिमलाई १२ हजार, दोश्रो हुने टिमलाई ९ हजार र तेश्रो हुने टिमलाई ४ हजार पाँच सय र छात्रातर्फ पनि प्रथम स्थान प्राप्त गर्ने टिमलाई १२ हजार, दोश्रो हुने टिमलाई ९ हजार र तेश्रो हुने टिमलाई ४ हजार पाँच सय नगदका साथमा ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ११ टिमको सहभागीता रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



