खेलमैदानलाई जग्गा दिने जग्गादाता सम्मानित

कृष्णकला राई

असार १ आइतवार, २०७६
खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा खेलमैदान निर्माणका लागि निशुल्क जग्गा दिने पाँच जग्गादातालाई सम्मान गरिएको छ ।

खेल मैदान निर्माणका लागि २ रोपनी १० आना जग्गा दिने बिष्णुमायाँ कट्वाल, ११ अना जग्गा दिने इश्वर कट्वाल, १ रोपनी १४ आना जग्गा दिने कुमार थापा, १ रोपनी १४ आना जग्गा दिने मनमायाँ थापा, ८ आना जग्गा दिने जीतबहादुर थापालाई सम्मान गरिएको हो ।

जग्गादातालाई गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष भिमबहादुर खत्रीले दोसल्ला र सम्मान–पत्र प्रदान गरेका छन् ।

जग्गादाताले २०७५ साल जेठ १६ गते खेलमैदानका लागि वडा कार्यालयको नाममा जग्गा पास गरिदिएका थिए ।