कम्पोष्ट मल र वायोग्याँस उत्पादनको लागि भवन शिलान्यास
असार १ आइतवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमामा कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काम थालिएको छ ।
अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि नेपाल सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काम थालिएको हो ।
बिशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर सिएनजी (वायोग्याँस) उत्पादनका लागि करोडौंको योजनाको काम सुरु गरिएको हो ।
कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणका लागि आवश्यक ट्रस आईतबार शिलान्यास गरिएको छ । सोल्मामा आयोजित कार्यक्रममा नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले ३५ मिटर लम्बाई र २१ मिटर चौंडाई भएको ट्रस भवन शिलान्यास गरेका हुन् ।
कम्पोष्ट मल र वायोग्याँस प्लान्टको आधुनिक उपकरण राख्नका लागि भ्याटसहित ४४ लाखको लागतमा ट्रस भवन निर्माणको काम अघि बढाइएको नगरप्रमुख रिजालले बताए ।
उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गरिने छ भने बाँकी रहेको फोहोरमैलालाई पनि मलकै रुपमा प्रयोग गर्ने नगरपालिकाले जनाएको छ ।
कम्पोष्ट मल र वायोग्याँस प्लान्टका लागि आवश्यक ६ रोपनी जग्गामध्ये २ रोपनी जग्गा स्वयं कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले निशुल्क उपलव्ध गराएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



