खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगीता सुरु
असार ३ मंगलवार, २०७६
खोटाङ । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै जिल्लामा पहिलोपल्ट जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो ।
दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगीता सोमबार प्रतिनिधि सभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् ।

असार ७ गतेसम्म सञ्चालन हुने लिगको उद्घाटन खेलमा नमूना स्पोर्टस क्लव लफ्याङलाई ० का विरुद्ध १ गोल गर्दै हलेसी तुवाचुङ फुटबल क्लवले ३ अंक बटुलेको छ ।
यस्तै, सोल्मा स्पोर्टस क्लव सोल्मा र बुईपा इलाभेन स्पोर्टस टिमले बराबर ३/३ गोल गरेर १/१ अंक प्राप्त गरेको फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।
यस्तै, खोटाङ भगवती स्पोर्टस क्लव विरुद्ध ० का विरुद्ध १ गोल गर्दै खोटाङ फुटबल एकेडेमीले ३ अंक जोडेको छ ।
यस्तै, बाक्सिला फुटबल क्लवलाई १ का विरुद्ध ४ गोल गर्दै खारम्बु स्पोर्टस क्लव खार्मीले पनि ३ अंक प्राप्त गरेको आयोजकले जनाएको छ ।
मंगलबार बिहान बुईपा इलाभेन स्पोर्टस टिम र जन्तेढुंगा फुटबल क्लवबीच पहिलो खेल हुनेछ । प्रतियोगीताका बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजारका साथमा ट्रफस्, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस वर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट जिल्ला लिग फुटबल प्रतियोगीता गर्ने अवशर पाएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



