‘नमस्ते हाकिम साब’
धनिराम राई
सुपर कमेडियन नेपाली चार्ली हरिवंश आचार्य दुखेसो पोख्दै भन्नुहुन्छ, ‘डनले चलाएको मेरो देश’ उहाँको दुखेसोमा कति सत्यता छ कोनि मलाई पूर्ण तः भरपर्दाे ज्ञान त छैन, तर कता कता हो कि जस्तो लाग्छ ।
इतिहासकै शक्तिशाली सरकार पनि डनबाटै निर्देशित भएर नै त होला, जताततै भद्रगोलै भद्रगोल देखिन्छ । सत्तामा बसेको लगभग १३/१४ महिनामै प्रत्येक नेपालीको टाउकोमाथि मौजुदा ३३ हजार रुपयाँको ऋणको बोँझ १६ हजारले बढेर ४९ हजार रुपयाँ पुग्यो भन्ने कुरा केहि समय अघि नेपाली कांग्रेसका महासमिति सदस्य पूर्व अर्थराज्यमन्त्री उदयशम्सेर राणाको मुखबाट सुन्न पाएँ ।
यत्रो विधि ऋण पर्नेगरी केमा खर्च भयो होला त १ पक्कै पनि नमस्ते हाकिम सावहरुले आफूले पनि खाईमसल गरेको हुनुपर्छ र नमस्ते डन सावहरुलाई पनि खुसी तुल्याउन घुस पेश गरेको हुनुपर्छ ।
यसो किन पनि अडकल गर्न सकिन्छ भने जे नि गर्न सक्ने दुई तिहाईको सरकार आएपछि निमुखा किसान र मजुदुरहरुको जीवनस्तर त झनै दयनीय र कष्टकर बनेको छ । सर्वसाधारण नेपाली जनताको मुहारमा त चिन्ता, त्रास, सन्ताप, गुनासो, शंका र दुःख मात्रै देखिन्छ ।
सार्वसाधारण नेपालीहरुको जीवन झनै झुत्रो र झुम्रो भएको छ भने हाकिम सावहरु र डनसावहरुको जीवन सुकिलोमुकिलो, तड्किलो भड्किलो र रवाफिलो भएको छ । हाकिम साव हुनुभन्दा अझ गजव त डन साव हुनुमा हुँदोरहेछ ।
किनकि डन सावले काम पनि गर्नु पर्दैन, जिम्मेवारी लिने झन्झट पनि बेहोर्नु पर्दैन । हाकिम सावको वरिपरि थर्काएर विचरण ग¥यो बस् । लुरुक्क पर्दै हाकिम सावले जे भन्यो त्यहि गरिदिई हाल्छन् । बन्दव्यापार, जागिर, पेसा, व्यवसाय र श्रम किन गर्नुप¥यो र ! थर्काएरै माथिल्लो स्तरको चैनसंग जीवन विताउन पाईने भएपछि हाकिम सावको भन्दा डन सावकै जीवन मस्तीको जीवन हुँदो रहेछ ।
सत्ताधारी पार्टीका नेता युवराज ज्ञावली भन्नुहुन्छ “पहिले बालुवा बोक्ने र गिटी कुट्ने कम्युनिष्ट हुन्थे, अहिले बालुवा र गिटीको व्यापार गर्ने कम्युनिष्ट भएका छन् ।” उहि पार्टीका अर्का नेता घनश्याम भुसाल पनि उस्तै खालको अभिव्यक्ति दिदै भन्नुहुन्छ, “पूर्व पञ्चहरुले त कांग्रेसले सत्तामा हँुदा जति खाएका थिए, त्यो भन्दा धेरै वढी कम्युनिष्टहरुले खाएको देख्दा आफूलाई कम्युनिष्ट भन्न पनि लाज लाग्छ ।” खै उहाँहरुको भनाइमा कति यथार्थता छ र कति अर्थ लुकेको छ यो अल्पज्ञानी लेखकलाई थाहा छैन तर नमस्ते हाकिम सावहरुको फूर्तिफार्ति बढेको देख्दा भने कता कता चित बुझेर आउँछ ।
हाकिम सावहरुलाई ‘मस्ते हाकिम साव’ भनेर शीर झुकाएर शरीर निहुरमुन्टि न नबाएमा कर्के र छड्के आँखाको तीरले घोच्ला कि भन्ने ठूलो त्रास हुन्छ मनमा । हुन पनि हिजो चुनावताका दिनमा १० पल्ट नमस्कार गरी भोटको याचना गर्नुहुनेहरु जव पदवाला हुनु भया, तव हाकिम सावमा परिवर्तन हुनुभाछ ।
नमस्ते हाकिम साव नभनेमा काम पो गरिदिनुहुन्न कि, जागिर सागिर पो लगाईदिनु हुन्न कि, भन्या ठाममा सरुवा पो मिलाई दिनुहुन्न कि र काम र जागिरैबाट हात धुन पो लगाउनुहुन्छ कि डरै डर भएपछि “नमस्ते हाकिम साव” त भन्नै प¥यो नि, मनले जति जति घृणा गरेपनि । नमस्ते पनि कुन खालको गर्ने को नि ! यसको पनि अनेकौ किसिमहरु हुँदोरहेछ ।
नमस्ते वा नमस्कार के भन्ने हाकिम सावलाई अर्थ थाहा छैन भने त जे भनेपनि केहि फरक पर्दैन तर कथंकदाचित अर्थ थाहा छ र झुकिएर नमस्ते भन्न पुगियो भने बर्वादै हुन्छ । किनकि नमस्तेले भन्दा नमस्कारले वढी आदरभाव झल्काउँछ । थोरै यो नमस्तेको किसिमहरुबारे चर्चा गरौँ ।
किन नमस्ते गरिन्छ भन्नेबारे सबैलाई जानकारी छ नै । नमस्ते गर्ने चलन नेपालमा मात्रै होइन विश्वमै रहेको छ भलै नमस्ते गर्ने तरिकामा भने विविधता छ । अमेरिकीहरु र क्यानडिलीहरु नमस्ते गर्दा हात दह्रो गरी समातेर हल्लाउँछन् र आँखा जुधाएर हेछर्न् । उनिहरुको नमस्तेलाई ‘हेण्ड शेइकिङ’ भनिन्छ । जापानमा निहँुरिएर नमस्कार गरिन्छ । थाइलैण्डमा दुवै हात आफ्नै छातीमा दवाएर नमस्ते गरिन्छ । कतिपय देशहरुमा नाक र जिव्रोको समेत प्रयोग गरिन्छ नमस्ते गर्दा ।
नेपालमा जातीय विभेद र विविधता, सांस्कृति विभेद र विविधता, लिङ्गिय, वर्गीय र नश्लिय विभेद र विविधता भएझैँ नमस्ते गराईमा समेत विभेद छ अनि विविधता पनि छ । सवभन्दा पहिला वर्गीय नमस्तेको कुरा गरौँ । धनीमानी, सम्पतिवाला र गरिवबीच हुने नमस्तेको कथाले मनै अमिलो बनाउँछ ।
सम्पतीवाल ले त नमस्ते गर्दै गर्दैन, गरिवले धनीलाई नमस्ते गर्दा डराएको मलिन अनुहार बनाउँदै पुरै शरीर झुकाएर ‘पाउ लागि हजुर’ भन्नु पर्छ । जातीय विभेदको आधारमा पनि नमस्कार गर्ने चलन निक्कै भयङ्कर छ अझैपनि गाउँघर र अशिक्षित समाजमा भलै यसको अशर कम देखिन्छ शहरबजारमा । सानो जातको भनिएका र पारिएका शिल्पी समुदाय (दलित) ले ठूलो जाति भन्नेहरुलाई ‘जदौ साहेब’ भन्दै बाटोमुनि लाग्नुपर्ने र शीर झुकाएर नमस्ते गर्नुपर्ने चलन छ ।
नमस्ते गराईमा देखिएको र विकराल अवस्थामा कुसंस्कृतिक बनेको अर्को नमस्ते किसिम हो, ठूलो भन्नेहरुलाई गरिने नमस्ते र सानो भन्नेहरुलाई गरिने नमस्तेको तरिका । यस प्रकारको विभेद पढेलेखेकाहरुबाटै गरिन्छ ।
उदाहरणका लागि एक शिक्षकले गर्ने नमस्तेको किसिम सम्झदा पुग्छ । कुनै एक शिक्षक आफ्नो नजिकमा किसान, मजदुर, ज्यालादारी मजदुर, पद नभएको र कम सम्मति भएको मानिस आएमा पेन्टको गोजीभित्र दुबै हात घुसारी ‘ओ नमस्ते है’ भन्छन् भने त्यति नै खेर ठूला ठानिएका पदवाला, जागिरवाला र सम्पतिवाला आफ्नो नजिक आईपुगेमा त्यहि शिक्षक हतार हतार गोजीबाट हात निकालेर दुवै हात जोड्दै धनुष्टङ्कार बनी ‘हाकिम साव नमस्ते’ भन्न पुग्छन् ।
यतिमामात्र कुरा सकिदैन् । नमस्ते गराईका विभिन्न तरिकाहरुले पनि हाम्रो समाज कति विकृत बन्दैछ र हाम्रो मौलिकताको अन्त्य कसरी हुदैछ भन्ने कुराको बोध गर्न सकिन्छ । सामन्यतया नेपाली नमस्ते भनेको दुवै हल्केलाहरुलाई राम्ररी एकपासमा जोडी आफ्नो मुहारसम्म उठाएर अलिकति अगाडि झुक्दै ‘नमस्कार’ भन्नुपर्ने हो, तर यहाँ त मान्छेपिच्छे फरक फरक खालका नमस्ते गराई हुन्छ ।
मुखले मात्र नमस्ते भन्ने तर हातको प्रयोग नगर्ने नमस्ते, एक हातमात्र प्रयोग गरी धारे हात बनाएर गर्ने नमस्ते, एक हातले सिधै केहि चिज ठेलेझैँ गरी गर्ने नमस्ते, एक हात टाउकोमाथि उचालेर गर्ने नमस्ते, दुवै हात गोजीमा राखी मुखले नमस्ते भनेर गरिने नमस्ते, एक हात छातीमा राखी नमस्ते भनी गरिने नमस्ते, हात मिलाएर नमस्ते भनी गरिने नमस्ते, दुवै हात जोडी नमस्ते भन्ने अनि फेरि हात मिलाएर गरिने नमस्ते, दुवै हत्केला जोडी धनुष्टङ्कार बनी ‘नमस्ते हाकिम साव’ भनी गरिने नमस्ते आदि अनेक खालका नमस्तेका किसिमहरु छन् नेपालमा । नमस्ते गराईमै यतिका विभेद छ भने हामी नेपालीको मानसिकता कति विभेदकारी छ भन्ने कुरा सहजै अड्कल गर्न सकिन्छ ।
ठूलो सानो, धनी गरिव, उचनीच, पदवाला पदविहिन, जागिरवाला वेरोजगार, ठूलो जात सानो जात जस्ता गलत चिन्तनले भरिएको कुसंस्कार र मतिभ्रष्ट पछौटे समुदायमा मात्रै यस खालका विभेदकारी नमस्ते हाकिम सावको प्रयोग हुन्छ ।
सबैभन्दा विडम्वना त जनताको मत लिएर जनप्रतिनिधि बन्ने अनि उनै जनतामाथि शासकको र शोषकको व्यवहार गर्ने, जनतालाई नोकर ठान्ने, लाज पचाएर आफै नीति नियम बनाएर भत्ता र सुविधाको नाममा अकुत सम्पति लिने, त्यतिले मात्र नपुगेर आफ्नो राजनीतिक र्कायकर्तालाई खुसी पार्न विकास निर्माणका योजना दिएर कमिशन लिने जस्ता गम्भिर प्रकृतिका अपराध गरी हाकिम साव बन्ने कुरा हो । साँचो जनप्रतिनिधिले राष्ट्रको एक पैसा नलिकन भत्ता र सुविधाको नाममा देशलाई नलुटिकन निस्वार्थ बनी जनताको सेवक बन्न सक्ने त्यागी व्यक्तित्व बन्न सक्नुपर्छ ।
नमस्ते हाकिम साव भित्र लुकेको अर्को विभेदको श्रृंखला के पनि छ भने ठूला भन्ने र भनिएका, ठान्ने र ठानिएका अनि सोच्ने र सोचिएकाले साना भनिएका र ठानीएकालाई नमस्ते गर्दा आफू सानो भइन्छ भन्ने मानसिकता व्याप्त छ । जहिलै पनि सानो भनिएका र ठानिएकाले नै पहिले ‘मस्ते हाकिम साव’ भन्नुपर्ने । त्यो हाकिम साव भनि माग्नेको नजर पहिले परेपनि ऊ नमस्ते भन्दैन, तर मलाई नमस्ते गर्छ कि गर्दैन भनेर पर्खन्छ र यदि नमस्ते हाकिम साव नभनिएमा ऊ रिसाउँछ र मनमा क्रुद्ध बन्दै सोच्दछ, ‘पख मलाई किन नमस्ते हाकिम साव भनिनस् ।’
सास्वत सत्यता के हो भने संसारमा कोही ठूलो र कोही सानो हुदैन । सबैको उत्तिकै वराबर ईज्जत हुन्छ । काम र जिम्मेवारी मात्र फरक हो । पृथ्वीतलभरि रहेका सबै मानव समान हुन् । उत्पतिको हिसावले प्रकृति माताले कसैलाई विभेद गर्नुहुन्न किनकि सबै प्राणी प्रकृतिमाताकै सन्तान हौँ ।
खालि मानव निर्मित जातभात, धर्म संस्कारसंस्कृति, भाषा भेष, चालचलन उहि बाठा र विभेदकारी पापिष्ट अपराधीहरुले शोषण गर्न तयार गरिएका प्रवृत्तिहरु हुन् । विभेदकारी व्यवहारको अन्त्य गर्न विभेदकारी सोँचमा परिवर्तन गरी समाजवाद भनाईमा मात्र होइन सोचाईमा नै ल्याउन सक्नुपर्छ । यो धर्तीमा कोही पनि ‘हाकिम साव’ नहुने चलन ल्याउनुपर्छ किनकि कोही कसैको नोकर होइन । कसैले कसैलाई ‘नमस्ते हाकिम साव’ भन्न नपरोस् । (लेखक राई सरस्वती मावि दिक्तेलका शिक्षक हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



