जिल्ला फुटबल लिगको उपाधि बाक्सिलाले उचाल्यो

असार ७ शनिवार, २०७६
खोटाङ । खोटाङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगीताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको छ ।

शनिबार सम्पन्न प्रतियोगीतामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्दै बाक्सिला फुटबल क्लवले उपाधि चुमेको हो । हारसँगै खोटाङ फुटबल एकेडेमीले उपविजेतामा चित्त बुझाएको छ । बाक्सिला फुटबल क्लवका लागि गंगा मगर र भीम राईले पहिलो हाफमा १/१ गोल गरेका थिए ।


दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीताका बिजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगीताका आयोजक जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताए ।

जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्ने अवशर पाएका छन् ।
प्रतियोगीतामा खोटाङ भगवती स्पोर्टस क्लवका जीवन परियार उत्कृष्ट डिफेन्डर, हलेसी तुवाचुङ फुटबल क्लवका डिकेन राई उत्कृष्ट मिडफिल्डर, खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय हाइस्कोरर र बाक्सिला फुटबल क्लवका नविन राई बेष्टकिपर घोषित भएका छन् ।

प्रतियोगीताका बिजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दिपककुमार राई लगायतले पुरस्कार प्रदान गरेका थिए । खेलमा बुईपा इलाभेन स्पोर्टस टिम र जन्तेढुंगा फुटबल क्लव रेलीगेसनमा परेको छ ।