देउसी खेलेको रकमले टोलमा फ्रि वाईफाई
असार ९ सोमवार, २०७६
खोटाङ । दिक्तेलको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिले आफ्नो टोललाई फ्रि–वाईफाई र धुम्रपान निशेधित क्षेत्र घोषणा गरेको छ ।
टोलको व्यवसाय प्रवद्र्धन एबं इन्टरनेटको पहुँच विस्तारका लागि समितिले देउसी खेलेर जम्मा भएको रकमले फ्रि–वाईफाईको व्यवस्था मिलाएको हो ।
दुई वटा एमटु डिभाईस जडान गरेर टोलमा वाईफाई छाडिएको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिका सचिव मनोज बजिमयले बताए ।
नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको केही वर्षपछि समितिले पनि आफ्नो टोललाई धुम्रपान निशेधित क्षेत्र घोषणा गरेको हो ।
धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षती कम गर्नका लागि टोलमा चुरोट, बिँडी, सुर्ती लगायतका धुम्रपान सेवनमा रोक लगाइएको हो ।
टोलमा धुम्रपान सेवन गरेको भेटिए आर्थिक सजाय गरिने सचिव बजिमयले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



