धर्मराजको ‘यति कुरा था छ कि था छैन’ बोलको भिडियो सहितको लोक दोहोरी गीत सार्वजनिक

असार १५ आइतवार, २०७६
खोटाङ । खोटाङका गायक धर्मराज पोखरेलको ‘यति कुरा था छ कि था छैन’ बोलको भिडियो सहितको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मी शिखर गजरकोटेको लय/शब्द रहेको लोक दोहोरीको म्यूजिक भिडियो यूटुवमार्फट शुक्रवार सार्वजनिक गरिएको हो ।

स्वयं गायक पोखरेल, देवी घर्ती, सुरेसरमण अधिकारी र स्मृति शाहीको स्वर समेटिएको लोक दोहोरीको म्यूजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारी लगायतको अभिनय देख्न सकिन्छ ।

गत चैतमा ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ बोलको लोकगीतको म्युजिक भिडियो ल्याएका पोखरेलले पुःन अर्को लोकदोहोरी गीत ल्याएका हुन् ।
१० मिनेट लामो भिडियो सहितको लोकदोहोरी गीत विसीको निर्देशन र बिबि अनुरागीको एरेञ्जमा दर्शक/श्रोतामाझ ल्याइएको हो । कृष्ण फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको म्यूजिक भिडियोको निर्माता कृष्ण थापा रहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेल पेशाले ईन्जिनियर र राजनीतिकर्मी पनि हुन् । यूटुवमा राखिएको म्यूजिक भिडियोले पाएको भ्यूअरले उत्साहित बनाएको पोखरेलले बताए ।

२०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, पूर्व धरान, पश्चिम पोखरा लगायतका २० बढि गीत बजारमा आइसकेको छ । ‘खोटाङ मध्य बसेरी, सिमपानीमा गेट, धारापानीमा, राष्ट्रियता, प्रजातन्त्र, उदारवाद,’ लगायतका बोलको गीत उनका चलेका गीत हुन् ।