दिप्रुङको गुरुङडाँडामा साप्ताहिक बजार उद्घाटन
प्रकाशित मिति : भदौ २१ बिहिवार, २०७५
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँको गुरुङडाँडामा साप्ताहिक हाटबजारको उद्घाटन गरिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुलाई स्थानीयस्तरमै विक्री वितरण गर्नका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था गरेको हाटबजार व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शरण कुमार राईले बताए ।
गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तु विक्री वितरण गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको बजारको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बिहिवार रिवन काटेर बजारको उद्घाटन गरेका हुन । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७४÷०७५ मा बिनियोजित दुई लाख बजेटबाट डाँडागाउँको गुरुङडाँडामा निर्माण गरिएको बजारमा ३६ वटा स्टल रहेका छन् । बजारको उद्घाटन गरेसंगै अब हरेक बिहिवार साप्ताहिक हाट लाग्नेछ ।
स्थानीय बागधन राईले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको हाटबजारमा हालका लागि अस्थायी चर्पी र एकवटा गोसखान रहेको हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राईको भनाइछ । कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सहजरुपमा विक्री वितरण गर्नका लागि र उत्पादित बस्तु बजार अभावमा खेरनजाओस भन्नका लागि हाटबजारको स्थापना गरिएको पालिका प्रमुख राइले जानकारी दिए ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका” ५ सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा सोमबार र वडा नम्बर ७ टेम्मामा शनिवार हाट लाग्दै आएको छ ।
गुरुङ डाँडामा हाटबजार सञ्चालन आएसंगै गाँउपालिकाभित्र तीन स्थानमा हाटबजार लाग्न थालेको छ ।

क्याप्सन : दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गुरुङडाँडामा हाटबजार उद्घाटन कार्यक्रमका झलकहरु । सवै तस्विर : दिलीप खत्री
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



