खडेरीले मकैको बिरुवा मर्दा भोकमरीको त्रास
असार १९ बिहिवार, २०७६
खोटाङ । खडेरीका कारण खोटाङका विभिन्न ठाउँमा मकैका बिरुवा मर्न थालेका छन् ।
लामो समयसम्म पानी नपर्दा हलेसी तुवाचुङ नगरपालिकाका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका मकैका बिरुवा ओइलिएर मर्न थालेको हो ।
सयौं हेक्टरमा लगाइएको मकैको बिरुवा मर्न थालेपछि र बिउ नै मासिने भएपछि किसानमा भोकमरीको चिन्ता छाएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको सबै वडामा लगाइएको मकैको बिरुवा खडेरीले सुकेर मर्न थालेको किसानको भनाई छ ।
दुधकोसी र सुनकोसीको किनार आसपासको तटीय क्षेत्रमा छरेको मकै काम लाग्ने अवस्थामा नदेखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
खडेरीका कारण कतिपय किसानले अझै पनि मकै छर्न सकेका छैनन् । बेलामा पानी नपर्दा कतिपय किसानले मकै छर्न नसकेको तथा छरेको मकै पनि मर्न थालेपछि नगरपालिकाले नगरसभाबाटै खाद्य संकट क्षेत्र घोषणा गरेर खाद्य सुरक्षाको कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तै, खडेरीका कारण रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा छरिएको मकैको बिरुवा मर्न थालेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
खडेरीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बतासे, छोरम्बु, खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, सिमपानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, फाक्टाङ लगायतका ठाउँमा लगाइएको मकैको बिरुवा ओइलिएर उराठलाग्दो अवस्थामा पुगेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



