कृषकहरुलाई कृषि यान्त्रीकरण प्रदान
असार २५ बुधवार, २०७६
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३० समुहलाई कृषि यान्त्रीकरण हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त अनुदानमा व्यवसायिक रुपमा कृषि पेशा अपनाइरहेका कृषक समुह, कृषि सहकारी र कृषकहरुलाई कृषि यान्त्रीकरण प्रदान गरेको हो ।
कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यकासाथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यालयका निमित्त कार्यालय प्रमुख ध्रुवकुमार कार्कीले बताए ।
कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधवार भएको कार्यक्रममा कृषकलाई नगरप्रमुख दिपनारायण रिजालले नगरभित्रका ३० समुहलाई कृषि यान्त्रीकरण हस्तान्तरण गरेका हुन ।

कृषक तथा कृषक समुहको मागका आधारमा प्रतिगोटा ५० हजार मूल्यपर्ने कम्बाईल मिल १२ वटा, प्रतिगोटा १४ हजार मूल्यपर्ने कन्सेलर सिंगल ट्युव ३० वटा, प्रतिगोटा १६ हजार मूल्यपर्ने तौलने मेसिन ३० वटा, प्रतिगोटा ८० हजार मूल्यपर्ने मिनी टिलर ६ पिएचको ५ वटा र प्रतिगोटा ७० हजार मूल्यपर्ने मिनी टिलर ५.५ पिएचको ५ वटा वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए ।
यस्तै, कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समुह, कृषि सहकारी, निजी कृषि फर्म/उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको छ ।
केन्द्रले जिल्लाका ६६ कृषक समुह, कृषि सहकारी, निजी कृषि फर्म/उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको निमित्त कार्यालय प्रमुख हरिनारायण राइले बताए ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



