करेन्ट लाग्दा हात खुट्टा गुमाएका हरिकाजीलाई प्रवासबाट सहयोग
असार २६ बिहिवार, २०७६
खोटाङ । विद्युत मर्मत गर्नेक्रममा करेन्ट लाग्दा दुबै हात र दायाँ खुट्टा गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुंगानालाई अमेरिकामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलको दैनिक ज्यालादारी मजदुरका रुपमा कार्यरत रहेको समयमा अवरुद्ध विद्युत सुचारु गराउनेक्रममा २०७० साल चैत १६ गतेका दिन करेन्ट लाग्दा दुबै हात र र दायाँ खुट्टा गुमाएका ढुंगानालाई हाल क्यालिफोर्निया रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बाबु आचार्यको पहलमा संकलन भएको एक लाख चौध हजार दुई सय रुपैयाँ प्राप्त भएको हो ।
अमेरिकाबाट पठाइएको रकम काठ्माण्डौंमा आयोजित कार्यक्रममा नेकपाका नेता खगेन्द्र राई, प्रदेशसभा सदस्य उषाकला राई, नेकपाकै नेता कर्ण घले, रामप्रसाद दंगाल, नायक नवल खड्का लगायतको उपस्थितिमा ढुंगानालाई हस्तान्तरण गरिएको छ ।
डढेको हातखुट्टा फालिएपछि केही गर्न नसक्ने अवस्थामा पुगेका ढुंगाना परिवारको सहज जीवन–यापनका लागि आचार्यले अमेरिकामा सहयोग रकम संकलन गरेर पठाएका हुन् । आचार्यले आगामी हरेक वर्ष पनि सहयोग संकलन गरेर पठाउने प्रतिवद्धता जनाएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सांसद उषाकला राईले पनि हातखुट्टा गुमाएका ढुंगानाको निर्वाह भत्ताको व्यवस्थाका लागि प्रदेश सरकार समक्ष कुरा उठाउने बताएकी छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



