अवरुद्ध सडक मर्मत गर्न वाणिज्य संघको आग्रह
साउन ३ शुक्रवार,२०७६
खोटाङ । खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा उपभोग्य सामानको अभाव हुन नदिन तत्काल सडक मर्मत गर्न अपिल गरेको छ । शुक्रबार विज्ञाप्ति जारी गर्दै संघले मूख्य व्यापारिक मार्गका रुपमा रहेको घुर्मी–कटारी–दिक्तेल सडक अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको अभाव हुने अवस्था सिर्जना भएकाले तत्काल सडक मर्मतका लागि अपिल गरेको हो ।
दिक्तेलमा मौज्दात उपभोग्य वस्तु सकिँदै गएको अवस्थामा लोकसेवा आयोगको करिब ७ हजार परीक्षार्थी जिल्ला भित्रिएको र मौज्दात उपभोग्यवस्तुले केही समय मात्र धान्ने भएकाले तत्काल सडक मर्मत गर्नुपर्ने वाणिज्य संघले जनाएको छ ।
‘पुर्वी शहरबाट अधिकांश उपभोग्य सामग्री भित्र्याउनका लागि उपयोग हुँदैआएको घुर्मी–कटारी–दिक्तेल सडक ठप्प हुँदा उपभोग्य वस्तुको हाहाकार हुने अवस्था सिर्जना भएको छ,’ अध्यक्ष उपिनकुमार राई र महासचिव मनोज बजिमयले जारी गरेको विज्ञाप्तिमा भनिएको छ, ‘बजारको सिमित मौज्दात सामान सकिएपछि अभाव सिर्जना हुने र जनजीवन समेत प्रभावित हुने भएकाले सडक चाँडो खुलाउन आग्रह गर्दछौँ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



