हावाहुरीका कारण तीन जिल्लामा टेलीफोन अवरुद्ध
साउन २३ बिहिवार, २०७६
खोटाङ । हावाहुरीले उदयपुरको चित्रे डाँडामा रहेको नेपाल टेलीकमको छाता घुमाएपछि तीन जिल्लामा आंशिक रुपमा टेलीफोन सेवा अवरुद्ध भएको छ ।
गएराती आएको हावाहुरीले टावरमा रहेको रेडियो लिङ्कको छाता अन्यन्त्र घुमाईदिएका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङगामा नेपाल टेलीकम अन्तरगतका सवै फोन आंशिक रुपमा अवरुद्ध भएका हुन ।
प्रदेश नम्बर–२ को राजविराजमा रहेको टावरसंग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले घुमाईदिएका कारण राजविराज टावरसंगको सम्बन्ध विच्छेद भएपछि टेलीफोन सेवा अवरुद्ध भएको नेपाल टेलीकम शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।
प्रमुख मगरका अनुसार प्राविधिकहरु चित्रे टावरमा पुगीसकेको तर हावाहुरी चल्नेक्रम निरन्तर रहेकोले टावरमा चडेर मर्मत गर्न नसकेकोले तत्काल टेलीफोन सञ्चालनमा ल्याउँन समस्या भएको टेलीकमले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



