करदाता सेवा कार्यालय खोटाङले तीन करोड बढि राजस्व संकलन

 

साउन २८ मंगलवार, २०७६
खोटाङ । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ ।

२०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो ।

बैशाखमा २ लाख २१ हजार, जेठमा ७२ लाख ५२ हजार ६ सय र असारमा २ करोड ६१ लाख ७ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए ।

करदाता सेवा कार्यालयका अनुशार बैशाखमा आयकरतर्फ ८९ हजार, बहाल करतर्फ ६ हजार, व्याजकरतर्फ ६ हजार, मुल्यअभिवृद्धि करतर्फ १ लाख र अन्तशुल्कतर्फ २० हजार राजस्व संकलन भएको छ ।

यस्तै, जेठमा आयकरतर्फ ६ लाख १५ हजार, बहाल करतर्फ ७ लाख ९५ हजार, व्याजकरतर्फ १ हजार, मुल्य अभिबृद्धि करतर्फ ४ लाख ४१ हजार राजस्व संकलन भएको छ ।

जेठमा अन्तशुल्कतर्फ भने कुनै पनि राजस्व संकलन नभएको जनाइएको छ । असारमा आयकरतर्फ १ करोड ९६ लाख ८९ हजार, बहाल कर ९ लाख ४७ हजार, व्याज करतर्फ ७ लाख ७७ हजार, मुल्य अभिबृद्धि करतर्फ ४६ लाख ८० हजार, अन्तशुल्क १४ हजार राजस्व जम्मा भएको करदाता सेवा कार्यालयका प्रमुख राईले बताए ।

दिक्तेलमै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुग्नुपर्ने बाध्यता अन्त्या भएको छ ।

हालसम्म एक दिनदेखि दुई दिन लगाएर सिराहाको लहान पुगेर कर चुक्ता गर्दैआएका स्थानीय आफ्नै जिल्लामा कर बुझाउन पाउने वाताबरण बनेपछि उत्साहित भएका छन् ।

कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दैआएको छ ।