पुःर्ननिर्माण सम्बन्धी कार्ययोजना बनाउनका अन्तरक्रिया
प्रकाशित मिति : भदौ २५ सोमवार, २०७५
भूकम्पपछिको पुःर्ननिर्माण सम्बन्धी कार्ययोजना बनाउनका लागि खोटाङमा नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ । २०७२ सालको महाभूकम्पपछि जिल्लामा भईरहेको पुःर्ननिर्माणको वस्तुस्थितिका बिषयमा सर्वेक्षण गर्दै आवास निर्माण सम्बन्धी एक वर्षे कार्ययोजना बनाउन जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख एबं प्रतिनिधिसँग सोमबार अन्तरक्रिया गरिएको हो ।
राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार बिकास) र आवास पुःर्नस्थापना तथा पुःर्ननिर्माण समन्वय मञ्चले जनप्रतिनिधिबाट सम्बन्धित स्थानीय तहको पुःर्ननिर्माणको अवस्थाका बिषयमा छलफल गर्दै जानकारी लिएको हो ।
हालसम्मको भूकम्पीय पुःर्ननिर्माणको अवस्था, प्राविधिक चुनौती, डकर्मीको अवस्था, अनुदान वितरण लगायतका बस्तुस्थितिका बारेमा सर्वेक्षण गर्दै आगामी २०७६ साल असार मसान्तसम्मको कार्यायोजना बनाउनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको आवास पुःर्नस्थापना तथा पुःर्ननिर्माण समन्वय मञ्च खोटाङकी संयोजक अम्बीका अमात्यले बताईन् ।
खोटाङका कुल ८ हजार ४४३ लाभग्राहीमध्ये दुई हजारभन्दा बढि लाभग्राहीले दोश्रो किस्ता पाइसकेका छन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



