नगरका १५ वटै वडामा सौर्यबत्ती जडान गरिदै
साउन ३० बिहिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान भइरहेको छ ।
रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, अध्यारोका कारण हुने सवारी दुर्घटना तथा आपाराधिक क्रियाकलाप न्यूनिकरण गर्न नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तरगत एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरिद गरेर १५ वटै वडामा जडान कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
राती आफै बल्ने र दिउसो आफै बन्द हुने सडक सौर्यबत्ती पहिलो चरणमा नगरका व्यापारिक केन्द्र, बैंक तथा बित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानवबस्ती रहेको ठाउँहरुमा जडान भइरहेको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
‘नगरपालिकाभित्र सडक सौर्यबत्ती अभावमा दुर्घटना तथा आपराधिक क्रियाकलाप हुने गरेको छ, नगरप्रमुख रिजालले भने बढ्दो सवारी दुर्घटना तथा आपराधिक क्रियाकलालाई न्यूनिकरण गर्न उज्यालो नगर अभियान अन्तरगत सडक सौर्यबत्ती जडान गरेका हौ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियान अन्तरगत सडक सौर्यबत्ती जडान गरिएको हो ।
नगरप्रमुख रिजालका अनुसार पहिलो चरणमा वडा नम्बर–१ दिक्तेलमा ५७, वडा नम्बर–२ सोल्मामा ५, वडा नम्बर–३ बाम्राङमा ५, वडा नम्बर–४ खाल्लेमा ४, वडा नम्बर–५ लफ्याङमा ४, वडा नम्बर–६ नेर्पामा ४, वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा ४, वडा नम्बर–८ दोर्पाबुवालुङमा ७, वडा नम्बर–९ निर्मलीडाँडामा ४, वडा नम्बर–१० पाथेकामा ६, वडा नम्बर–११ खार्मीमा ५, वडा नम्बर–१२ जालपामा ६, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा ९ वटा सडक सौर्यबत्ती जडान कार्य भइरहेको छ ।
एक ठाउँमा ७८ हजार बराबरको लागतमा जडान सम्पन्न हुने सडक सौर्यबत्तीको सोलार प्यानल दुई सय वाट क्षमताको रहेको जनाइएको छ ।
१२ भोल्टको ब्याट्रीसहित फालामे पोलमा जडान गरिएको सडक सौर्यबत्तीको बल्व ४० वाट क्षमताको रहेको ठेकेदार कम्पनी विराट इनर्जी प्रा.लि. ललितपुरका प्रतिनिधि धनकुमार राईले बताए ।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगरक्षेत्रभित्रको ३१ ठाउँमा सडक सौर्यबत्ती जडान गरिएको थियो । सो समयमा अपुग भएका ठाउँहरुमा यस पटक थप १५० वटा खरिद गरेर जडान गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत प्रशारण लाईन बाहिर रहेका छन् । नगरपालिकाभित्रका करीब दुई तिहाई अर्थात ६६ प्रतिशत घरधुरीले मात्र अहिले केन्द्रीय विद्युत उपभोग गरेका छन् ।
१० हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी तथा सोलार प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार ७ प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



