हत्यारालाई कार्वाहीको माग गर्दै बिरोध
प्रकाशित मिति : भदौ २६ मंगलवार, २०७५
नेपाल तरुण दल रोल्पाको लिवाङ नगरका अध्यक्ष रोहित पुनको हत्यारालाई कार्वाहीको माग गर्दै मंगलवार खोटाङमा बिरोध प्रर्दशन गरिएको छ । महामानव वीपी कोइरालाको १०५ औं जन्मजयन्तीका दिन भदौं २४ गते गोली हानी हत्या गरिएका पुनका हत्यारालाई अविलम्ब पक्राउ गरी कार्वाहीको माग गर्दै तरुण दल खोटाङका नेता कार्यकर्ताहरुले दिक्तेलमा बिरोध प्रदर्शन गरेका हुन ।

तरुण दल खोटाङका अध्यक्ष भीषण राईकोे अगुवाइमा पार्टी कार्यालयबाट निस्किएको विरोध जुलुश दिक्तेलबजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय खोटाङको परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले नेकपाका कार्यकर्ता देव घर्ती नेतृत्वको हतियार धारी समुहले नगर अध्यक्ष पुनको हत्या गरेकाले घर्तीलगायत घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कार्वाही प्रकृया थाल्न माग गरेका थिए ।
सरकारको नेतृत्व गरी रहेकै पार्टीका कार्यकर्ताबाट निर्दोष पुनको जिल्ला प्रहरी कार्यालय नजिकै दिनदहाडै हत्या गरिनु र उनका हत्यारालाई हालसम्म पक्राउ गर्न प्रहरी प्रशासनले तदारुक्ता नदेखाउनुले हत्यारालाई सरकारले नै संरक्षण दिएको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताए । उनले भने अहिलेको सरकार कहिले जेलमा रहेका हत्यारालाई उन्मूक्ति दिन्छ, कहिले बलात्कारीलाई संरक्षण गर्दै हिड्छ यस्तो अवस्थामा राज्यमा यस्ता घटनाहरु नमौलाए के मौलाउछन् त ? त्यसैले सर्वप्रथम सरकार आफै सच्चिनु प¥यो ।
नेपाल विद्यार्थी संघ खोटाङका पूर्व अध्यक्ष राजकुमार राईले अहिलेको सरकारले तानाशाही शासन लाद्दै दण्डहिनता बढाएको आरोप लगाए ।
तरुण दल खोटाङका उपाध्यक्ष काजीमान राईले नगर अध्यक्ष पुनका हत्यारालाई कार्वाही, पुनका अािश्रत परिवालाई उचित क्षतिपूर्तिसंगै उनलाई शहिद घोषणा सरकारले चाँडै नगरे सरकार विरुद्ध देश व्यापी रुपमा आन्दोलनको थालनी गर्ने बताए ।
तरुण दल खोटाङले आयोजना गरेको बिरोध कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु डिल्लीकुमारी आचार्य, प्रकाशकुमार श्रेष्ठ, सुमनबावु आचार्यलगायत तरुण दल तथा नेवि संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



