कैंदीबन्दीलाई पुस्तक तथा खेलकुदका सामग्री
भदौ १ आइतवार, २०७६
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले कैंदीबन्दीलाई पुस्तक तथा खेलकुदका सामग्री प्रदान गरेको छ ।
जिल्ला कारागार शाखा दिक्तेलको भौतिक संरचना, कारागार व्यवस्थापन, कैंदीबन्दीको अवस्था लगायतको विषयमा निरिक्षण गरेको दोश्रो दिन जिल्ला समन्वय समितिले कैंदीबन्दीलाई पुस्तक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको नेतृत्वमा आईतबार गएको टोलीले कैंदीबन्दीलाई राजनीति, दर्शन, विज्ञान, समाज, शिक्षा लगायत सम्वन्धी करिब सय थान पुस्तक प्रदान गरेको हो ।
यस्तै, कैंदीबन्दीलाई भलिबल, व्याडमिन्टन र लुँडोको खेल सामग्री प्रदान गरिएको छ । पुस्तक तथा खेल सामग्री जिसस प्रमुख चाम्लिङ, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला समन्वय अधिकारी राजेश गिरी लगायतले चौकीदार प्रताप राईलाई हस्तान्तरण गरेका छन् ।
कारागारभित्रै स्थापना गरिएको पुस्तकालयमा राख्न तथा कैंदीबन्दीको अध्ययनका लागि पुस्तक प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा जिसस प्रमुख चाम्लिङले शनिबार गरिएको कारागार अनुगमनको प्रतिबेदन कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई हस्तान्तरण गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



