१३ हजार केजीभन्दा बढि जडिबुटी निकासी
प्रकाशित मिति : भदौ २६ मंगलवार, २०७५
आर्थिक वर्ष २०७४/०७५ मा खोटाङबाट झण्डै १३ हजार केजीभन्दा बढि मात्रामा वनपैदावार जडिबुटी निकासी भएको छ । राष्ट्रिय वन तथा निजी बनबाट आर्थिक वर्ष २०७४/०७५ मा १३ हजार ९२६ केजी जडिबुटी निकासी भएको हो । जिल्लाका राष्ट्रिय तथा निजी बनबाट हरेक वर्ष उल्लेख्य मात्रामा चिराईतो, मजितो, अर्गेली, ठूलो ओखती, सुगन्धा, तेजपात, बुढो ओखती, लोक्ता, खोटो लगायतका जडिबुटी निकासी हुने गरेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।
गत आर्थिक वर्ष राष्ट्रिय बनबाट मजितो ३ हजार केजी, तेजपात १५ सय केजी, अर्गेली ५ सय केजी, ठूलो ओखती २ सय केजी र सुगन्धा २६.५ केजी निकासी भएको डिभिजन वन कार्यालय खोटाङका रेञ्जर हरिकाजी राईले बताए । राष्ट्रिय बनबाट ५ हजार २२६.५ केजी वनजन्य जडिबुटी निकासी भएवापत २६ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
डिभिजन वन कार्यालय खोटाङका अनुसार गत आर्थिक वर्ष व्यक्तिको निजी बनबाट चिराईतो ७ हजार ७ सय केजी, मजितो ६ सय केजी, बुढो ओखती २ सय केजी र अर्गेली २ सय केजी निकासी भएको छ । अधिकांश चिराईतो केपीलासगढी गाउँपालिका–१ फेदीका व्यक्तिको निजी बनबाट निकासी भएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट मात्र ३ सय केजी मजितो निकासी भएको रेञ्जर राईले बताए । राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय निजी जग्गामा जडिबुटी खेती गर्ने किसान बढ्दो छ । वनपैदावार जडिबुटी निकासीको करलाई व्यवस्थित गर्न सके स्थानीय सरकारले उल्लेख्य राजस्व संकलन गर्ने देखिएको छ ।
जिल्लाबाट गत वर्ष ३ लाख ७६ हजार ३६८ केजी खोटो निकासी भएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



