फरार तथा भगौडाबाट २५ लाखभन्दा बढि दण्ड जरिवाना असुल
भदौ २ सोमवार, २०७६
खोटाङ । जिल्ला अदालत खोटाङले वर्ष दिनको अवधिमा फरार तथा भगौडाबाट २५ लाखभन्दा बढि दण्ड जरिवाना असुल गरेको छ ।
विभिन्न मुद्दामा दोषी ठहर भए पनि लामो समयदेखि हालसम्म फरार भएका तथा भगौडा लगायतका अभियुक्तबाट उठ्नुपर्ने कुल १ करोड ४० लाख १ हजार ५७७ रुपैयाँ ३६ पैसामध्ये अदालतले आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख ३४ हजार ८६१ रुपैयाँ जरिवाना वापत राजस्व असुल गरेको हो ।
अदालत तथा जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा फरार तथा भगौडाबाट सो दण्ड जरिवाना अशुल भएको श्रेष्तेदार लालबहादुर कार्कीले बताए । अदालतका अनुसार फरार तथा भगौडाबाट अझै पनि १ करोड १४ लाख ६६ हजार ७१६ रुपैयाँ ३६ पैसा जरिवाना अशुल गर्न बाँकी रहेको छ ।
यस्तै, विभिन्न मुद्धामा दोषी ठहर भए पनि फरार भएका तथा भागेका अभियूक्तबाट वर्ष दिनको अवधिमा ३०५ वर्ष २ हािना ९ दिन कैंद सजाय भुक्तान भएको छ । जम्मा १ हजार ८८ वर्ष ७ महिना १७ दिनमध्ये अझै ७८३ वर्ष ५ महिना ८ दिन कैंद सजाय भुक्तान गर्न पनि बाँकी रहेको अदालतका श्रेष्तेदार कार्कीले बताए ।
फरार तथा भगौडाको लगत स्थानीय तहमा पठाइने
जिल्ला अदालतले कैंद सजाय तथा जरिवाना तोकिएका व्यक्तिबाट भुक्तान हुन बाँकी रहेको कैद तथा जरिवाना रकम उठाउन लागि स्थानीय तहसँग सहकार्य गर्ने भएको छ ।
फरार रहेका दोषी नागरिकता, राहदानी लगायतका कार्यालयीय कामका लागि स्थानीय तहको सम्पर्कमा आउने भएकाले अदालतले फरार तथा भगौडाको लगत स्थानीय तहलाई पठाउने निर्णय गरेको छ ।
कतिपय फरार तथा भगौदाको मृत्यु भइसकेकाले कैंद सजाय तथा जरिवानाको लगत चुस्तदुरुस्त राख्नका लागि पनि फरार तथा भगौडाको लगत स्थानीय तहलाई पठाउने निर्णय गरिएको जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



