विद्यालयलाई कम्प्यूटर लगायतका विद्युतीय उपकरण प्रदान

भदौ ५ बिहिवार,२०७६
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका २ खार्पा घर भई हाल युकेमा रहेका एक अभिभावकले विद्यालयलाई कम्प्यूटर लगायतका विद्युतीय उपकरण प्रदान गरेका छन् ।

साविकको खार्पा-१ रुभुङ घर भई हाल युकेमा रहेका दलबहादुर राईले आफ्नो स्वर्गीय पिता बर्मध्वज राईको सम्झनामा स्थानीय पञ्चकन्या प्रावि रुभुङ खार्पालाई एक लाख २० हजार बराबरको दुई थान कम्प्यूटर, एक थान प्रोजेक्टर, एक थान प्रिन्टर र एक थान फोटोकपी मेसिन प्रदान गरेको विद्यालयका प्रधानाध्यापक पुष्पराज राईले बताए ।

विद्यालयको शैक्षिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदै पठन–पाठनको व्यवस्थाका लागि राईले विद्युतीय उपकरण प्रदान गरेको बताए ।