दुर्छिम हैदेका किसानले लगाएको अवैध गाँजा फँडानी
भदौ ६ शुक्रवार, २०७६
खोटाङ । प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका किसानले लगाएको अवैध गाँजा नष्ट गरेको छ ।
बारीमा अवैध गाँजा खेती लगाइएको जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले हैदेमा करिब एक हजार तीन सय बोट गाँजा नष्ट गरेको जल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।
गत असार यता विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले हैदेमा पुगेर अवैध गाँजा फडानी गरेर जलाएर नष्ट गरेको हो ।

प्रहरीले यसअघि भदौ २ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो काभ्रे र तल्लो काभ्रेमा लगाइएको करिब ६ सय बोट गाँजा नष्ट गरेको थियो भने साउन २४ गते महादेवस्थानको पात्ले र साउन २२ गते महादेवस्थानकै ऐसेलुखर्कमा लगाइएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सोभन्दा अघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



