आमा म प्रधानन्यायाधीश बन्न चाहन्छु
जताततै अन्याय र अत्याचार छाएको छ
साच्चै भन्दा यहाँ मानवता हराएको छ
गरिबी र बेरोजगारीले जनता रोइरहेका छन्
पैसामा बिक्ने, नेताको आदेशमा चल्ने कानुन छ
यहाँ त बौद्धिकता र दक्षता भन्दा पनि
पैसा र राजनीतिक धेरै हुन थालेको छ
त्यसैले म प्रधानन्यायाधीश बन्न चाहन्छु, आमा ।
दिनदिनै देशमा मौलाइ रहेका भष्टचारीहरुलाई
लागू औषध ओसारपसारमा सम्लङ्नहरुलाई
अनियमितता र अवैध कारोबार गर्नेहरुलाई
मानव तस्विर, चेलीबेटी बेचबिखनमा लिप्त भएकाहरुलाई
यी सबैलाई सजाय मिल्ने कडा नियम बनाउनु छ
बलात्कारीलाई फाँसी दिने कानुन बनाउनु छ ।
मेरा हजारौं दिदीबहिनीहरु भारतको कोठीमा
बेचिन बाध्य छन आजसम्म पनि
सयौं दिदीबहिनीहरु आफ्नै बुबा, दाजुभाई र
आफन्तबाटै बलात्कार भएका छन्
भष्टचारले पुरै देश नै सखाप हुन लागेको छ
तर यहाँ कसैले न्याय पाएका छैनन्
त्यसैले म प्रधानन्यायाधीश बन्न चाहन्छु, आमा ।
मेरा बेचिएका दिदीबहिनीहरुलाई नेपाल फर्काउनु छ
बलात्कार गर्नेलाई फाँसी दिने कानुन बनाउनु छ
भष्टचार गर्नेलाई नेल लागाएर जेल हाल्नु छ
न्यायको भिखमाग्दै रोइरहेकाहरुलाई र अन्यायमा
परेका पीडितलाई न्याय दिलाउनु छ
नेपालमा राम्रो कानुन बनाएर मिचिएका मेरो
देशको सिमानाहरु फिर्ता गर्नु छ
त्यसैले म,
मेरो देश त हिमाल नै हिमाल सगरमाथाको देश हो
म बलात्कारीको देश भनेर चिनाउन चाहन्न, आमा
मेरो देश त गौतम बुद्धको जन्मभूमिको देश हो
म भष्टचारी र आन्दोलनकारीको देश भनेर चिनाउन चाहन्न, आमा
मेरो देश त प्रकृतिमा हराभरा भएको सुन्दर देश हो
म गरिब र भोकाहरुको देश भनेर चिनाउन चाहन्न आमा
मेरो देश त मन्दिरै मन्दिरको देश हो
म जातीयता र धर्मको नाममा विभाजन भएको हेर्न चाहन्न आमा
मेरो देश त जलस्रोतको धनी राष्ट्र हो
म सारा नेपालीलाई अध्यारोमा रुमलिएको हेर्न चाहन्न आमा ।
म चाहन्छु त केबल
बुद्ध जन्मिएको देशमा शान्ति चाहन्छु
सगरमाथाको देशमा सगौरव उच्च शिर चाहन्छु
चार वर्ण, छत्तीस जातको फूलबारीमा
सबै जातको सम्मान इज्जत चाहन्छु
नदीनाला तालतलैयाको प्राकृतिक मनोरम देश
पर्यटन प्रवर्द्धन र सामाजिक बवकास चाहन्छु
अभावमा नुन चाहन्छु
बाच्नलाई राम्रो कानुन चाहन्छु ।
राधा सुवेदी, बराहापोखरी गाउँपालिका -१ खोटाङ
(हाल बिराटनगर)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



