विषादिले पनि नियन्त्रणमा आएन अमेरिकी फौजी किरा
भदौ १६ सोमवार, २०७६
खोटाङ । विषादि हाल्दा पनि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकी फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणमा आउन सकेको छैन ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा लगायतका प्रभावित क्षेत्रमा विषादि हाले पनि अमेरिकी फौजी किरा नियन्त्रणमा आउन नसकेको हो ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेश, कृषि विकास निर्देशनालय लगायतले उपलव्ध गराएको इमिडाक्लोप्रिड १७.८५% एसएल नामक किटनाशक औषधि प्रभावित क्षेत्रमा हाले पनि किरा नियन्त्रणमा आउन नसकेको बाहुनीडाँडा मैतुङका स्थानीय किसान पुष्पराज राईले बताए ।
‘किरा लागेको क्षेत्रमा विषादि हाल्यौं,’ राईले भने, ‘तर, रत्ती पनि किरा नियन्त्रणमा आउन सकेको छैन । बरु किरा फैलिनेक्रम रोकिएको छैन ।’ बाहुनीडाँडाका किसानले भदौ ८ गते प्रभावित क्षेत्रमा एकै दिन एकै साथ विषादि छर्किएका थिए ।
पहिला मेटासिट नामक विषादि हालेकाले पछिल्लो विषादिले फौजी किरा नियन्त्रणमा आउन नसकेको अनुमान गरिएको छ ।
फौजी किरा नियन्त्रणका लागि प्रदेशबाट आएका कृषिसँग सम्वद्ध टोलीले प्रतिबट्टा सय एमएलको ५० बट्टा विषादि उपलव्ध गराएपछि बालीनालीमा हालिएको थियो ।
प्राप्त भएकामध्ये २० बट्टा औषधि डिकुवा पठाइएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । ‘विषादि त हालियो तर किराको प्रकोप घटेन,’ वडाध्यक्ष राईले भने, ‘कतिपय किसानले फेरी विषादिको खोजी गरिरहेका छन् ।
कतिपयले आफै विषादि ल्याएर हाल्न थालेका छन् ।’ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तत्कालका लागि ५/६ सय रोपनीमा पुग्ने विषादि मात्र उपलव्ध गराएकाले विषादि थोर भएको किसानको गुनासो छ ।
विषादिको माग भएपछि आईतबार कृषि ज्ञान केन्द्र खोटाङबाट आवश्यक विषादि प्रभावित क्षेत्र पठाएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



