होटल व्यवसायीलाई १० दिने होटल व्यवस्थापन तालिम
भदौ १९ बिहिवार, २०७६
खोेटाङ । खोटाङमा होटल व्यवसायीका लागि १० दिने आधारभुत तालिम विहिवारदेखि शुरु गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्यटक भित्र्याउने तथा टिकाउने उद्देश्यले होटल व्यवस्थापन तालिमको आयोजना गरिएको हो ।
नगरभित्रका ४० जना व्यवसायीहरुको सहभागिता रहेको तालिमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्रशिक्षक लगायतको प्राविधिक सहयोग गरेको खोटाङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीले जानकारी दिए ।
नगर भित्रिने आन्तरिक तथा वाह््य पर्यटकहरुलाई स्वागत, सत्कार तथा सम्मान गर्नेदेखि पकाउने, पस्काउने र परिकार छनौट गर्ने तरिकावारे तालिममा जानकारी गराईने आयोजकको भनाइ छ ।
पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका कारण बढ्ने पर्यटकहरुको लागि आकर्षक सेवा, सुविधाका लागि तालिम उपयोगी रहने बरिष्ठ उपाध्यक्ष जोशीको भनाई छ ।
तालिम उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख दिपनारायण रिजालले हलेसीमा आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउन विभिन्न पहल भईरहेको उल्लेख गरे । तालिमको पहिलो दिन भने १ सय ५० जना होटल व्यवसायीलाई एक दिने व्यवसायिक अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
हलेसी आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउने उद्देश्यले हलेसीमा सूचना केन्द्र राखिएको छ । हलेसी दर्शन गरिसकेपछि दिक्तेलवजार नजिकै रहेको कालिका भगवतीको दर्शन नगरेमा मनोकांक्षा पूरा नहुने जनविश्वास छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



