सरकार “कला मण्डली” भयो भन्दै सांसद हिरा गुरुङले दिईन यस्तो दनक
प्रकाशित मिति : भदौ २८ बिहिवार, २०७५
खोटाङ जिल्लाकी सांसद हिरा गुरुङले सरकारको कडा आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा वोल्दै गुरुङले सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली बनेको भन्दै आलोचना गरेकी हुन् ।
गुरुङले कन्चनपुरकी निर्मला पन्त हत्या आरोपीतलाई ५० दिन पुग्दा समेत सरकारले पत्ता लगाउँन नसक्नु, छानवीन समितिका सदस्यले ज्यान असुरक्षीत भएको भन्दै दिएको राजीनामा, त्यसैगरि प्रहरी प्रमुखहरुको घटनास्थलको भ्रमणपछि आाएको अभिव्यक्तिले प्रहरी नै मतियार हो कि भन्ने शंका उत्पन्न भएको बताईन् ।
उनले भनिन, “घटना अनुसन्धान झन–झन रहस्यमयी बन्दैै जानुले सरकार नै बलात्कारीलाई लुकाउँन लागिरहेको छ ।”
शहीद पत्नी गुरुङले संवोधनकोक्रममा घट्नाको बलात्कारी सत्तासिन पार्टीकै ठुलो पहुँच भएको व्यक्ति हो की भन्नेमा जनमासले नै भन्न थालीसकेको बताएकी छन् ।
यस्तै, गुरुङले एक महिना अगाडी नेपाल सरकारका गृह मन्त्री रामबहादुर थापा (वादल)ले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी बनाउँदा जनता आन्दोलित बनेको समेत स्मरण गराईन । सेतोपाटी डटकमबाट
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



