गजल

बिष्णु दाहाल

भदौ २२ आइतवार, २०७६

सुस्ता बेचिएको छ यहाँ कालापानी बेचिएको छ
हामी गरिव नेपालीले खाने दानापानी बेचिएको छ ।

दिन दुगुना रात चौगुना जमिन घट्ने यो देशमा
गण्डकी, कोशी, र कर्णाली जानाजानी बेचिएको छ ।

कुटनीति सुधार्ने बाहानामा दलालहरु खोजी खोजी
सरकारबाटै सुनखानी र तामाखानी बेचिएको छ ।

देशभक्त हौ भन्नेबाटै राष्ट्रिय अस्मिता अनि
स्वाधीनता र राष्ट्रियता मनोमानी बेचिएको छ ।

लुम्बिनी र सगरमाथा पनि बेचिन सक्छन यहाँ
किनकी परोक्षमा देशको राजधानी बेचिएको छ ।

साकेला गाउँपालिका-५ मात्तिम
सरस्वती मावि मात्तिम