जेष्ठ नागरिकहरु दश दिने धार्मिक भ्रमणमा

प्रकाशित मिति : भदौ २९ शुक्रवार, २०७५

ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको टोली दश दिने धार्मिक भ्रमणमा निस्किएका छन् । नेपालको मूख्य–मूख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शनका लागि ९७ जना जेष्ठ नागरिकहरु शुक्रबार बिहान धार्मिक भ्रमणमा निस्किएका हुन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका करीव सवैजसो वडाका जेष्ठ नागरिकहरुलाई समेटेर ज्येष्ठ नागरिक जिल्ला संघ भ्रमणमा निस्किएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । जेष्ठ नागरिकको टोलीमा एकजना स्वास्थ्यकर्मी र नेपाल पत्रकार महासंघ शाखा खोटाङका सहसचिव चिसाङ शेर्पा पनि रहेका छन् ।

 

ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको नेतृत्वमा निस्किएको ज्येष्ठ नागरिकको टोलीले आजै शुक्रबार साँझ धनुषा जिल्लाको जानकी मन्दिर दर्शन गर्नेछ । त्यसपछि क्रमशः तनहुको देवघाट, कपिलवस्तुको लुम्बिनी, मुस्ताङको मूक्तिनाथ, गोरखाको मनोकामना, भक्तपुरको साँगा शिव मन्दिर, झापाको सतासीधाम, पोखराका केही पर्यटकीय स्थलहरु भ्रमण गर्नेछ । काठ्माण्डौं तथा ललितपुरको मुख्य–मुख्य धार्मिकस्थलहरुको भ्रमण गर्ने ज्येष्ठ नागरिक संघ खोटाङले जनाएको छ ।

 

टोलीले भ्रमणका लागि तीनवटा गाडीमा राष्ट्रिय झण्डा र संघको व्यानर राखेर झकिझकाउँ बनाएको छ । मुलुकका मूख्य–मूख्य धार्मिक स्थल भ्रमणमा जान पाउँदा बृद्धबृद्धाहरुले खुशी व्यक्त गरेका छन् । बृद्धबृद्धाहरुले दश दिन धार्मिक भ्रमण गर्नेछन् ।