दिप्रुङका सात विद्यालयलाई कम्प्युटर प्रदान
प्रकाशित मिति : भदौ २३ शनिवार, २०७५
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकाभित्रका सात विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । पालिकाले पालिकाभित्र रहेका विद्यालयहरुमध्येबाट सात विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउनका लागि १०/१० थान कम्प्युटर शनिवार प्रदान गरेको हो ।

पालिकाले याम्खास्थित महेन्द्रोदय मावि, डाडागाउँस्थित महेन्द्रोदय मावि, छोरम्बुस्थित शान्ति मावि, बतासेस्थित पञ्चकौशिका आधारभूत विद्यालय, स–छितापोखरीस्थित सरस्वति मावि डाँडाखर्क, छितापोखरीस्थित धिप्लुङ मावि सेम्मा र टेम्मास्थित कृष्ण माविलाई १०/१० थान कम्प्यूटर हस्तान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । उक्त सामग्री गाउँपालिका प्रमुख राई र उपप्रमुख सपना राईले विद्यालयका प्रधानाध्यापकलाई संयूक्त हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाद्वारा ओख्रेडाँडागाँउमा आयोजित ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ अन्तराष्ट्रिय साक्षरता दिवसको अवशरमा गाउँपालिकाभित्रका ४९ विद्यालयमध्ये सातवटा विद्यालयलाई कम्प्यूटर वितरण गरिएको हो ।

विद्यालयको भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, विद्यार्थी संख्या, सरसफाई, शिक्षकहरुको अनुशासन, उत्कृष्ट र क्षमतावान विद्यार्थी भएको मापदण्डका आधारमा गाउँपालिकाको शिक्षा समितिका संयोजक तथा पालिका प्रमुख राईको संयोजतकत्वमा गत भदौ ११ गते बसेको बैठकको निर्णयअनुसार विद्यालय छनौट गरिएको श्रोतव्यक्ति तथा शिक्षा संयोजक तुलसीकुमार खड्काले जानकारी दिए ।

सूचना प्रविधिमा अव्वल बनाउँनका लागि गत आर्थिक वर्ष २०७४/७५ को ५५ लाख वजेटबाट विद्यालयलाई ७० वटा र पालिकाभित्रका सातै वटा वडालाई एक/एक थान कम्प्यूटर र प्रिन्टर वितरण गरिएको गाउँपालिका उपप्रमुख सपना राईले बताइन् । यस वर्ष सात विद्यालयलाई दिएको पालिकाले आगामी वर्षमा विद्यालयको माग र स्थलगत मूल्याङ्कन गरेर आर्थिक वर्ष २०७५/०७६ मा पनि उक्त कार्यलाई निरन्तरता दिईने गाउँपालिका उपप्रमुख राईले बताइन् ।

गाउँपालिकामा मावि १३ वटा, आधारभूत विद्यालय ६ वटा र प्रावि ३० गरि ४९ विद्यालय रहेका छन् ।

क्याप्सन : विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरिदै ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



