शिक्षा क्षेत्रमा योगदान दिने एक दर्जन बढि सम्मानित

 

प्रकाशित मिति : भदौ २३ शनिवार, २०७५

शिक्षा क्षेत्रमा योगदान पु¥याउने  एक दर्जन बढि सम्मानित भएका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका भित्रका विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट  शिक्षक/शिक्षिका, एसईई परीक्षा र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विद्यार्थी सम्मानित भएका हुन् । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मान गरिएको हो ।

गाउँपालिकाको डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय माविमा शनिवार भएको साक्षरता दिवसको अवसरमा जनसेवा मावि दिहुं छितापोखरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर खड्का, सरस्वती मावि कुलागाउँ सप्तेश्वर छितापाखेरीका प्रअ पदमकेशर राई, महेन्द्रोदय आधारभूत विद्यालयका प्रअ दुर्गाप्रसाद गुरागाई, जनचेतना प्रावि पानीटार छितापोखरीकी शिक्षीका जीना शेर्पा र शान्ति मावि छोरम्बुका शिक्षक पवन राई सम्मानित भएको श्रोत व्यक्ति तथा गाउँपालिका स्तरीय शिक्षा संयोजक तुलसीकुमार खड्काले जानकारी दिए ।


यस्तै, २०७४ को एसईई परीक्षामा पालिकाभरीमा सर्वोत्कृट अंक ल्याई प्रथम हुने शान्ति मावि छोरम्बुका रेष्मा राई, महेन्द्रोदय मावि ओख्रेका विक्रम पौडेल र जनसेवा माविका दिहुं छितापोखरीका तिर्सना भुजेल, गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा प्रथम हुने शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका मनिकला तामाङ, दोश्रो सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अविसा खतिवडा, तेश्रो सरस्वती मावि डाँडागाउँ सप्तेश्वर छितापोखरीका सन्तोष कट्वाल र सान्त्वना सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अस्मिता विक सम्मानित भएका छन् ।

सम्मानित भएवापत उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षले नगद १५ हजार, उत्कृष्ट प्रअले २०÷२० हजार, उत्कृष्ट शिक्षक, शिक्षिकाले १८/१८ हजार नगदसहित सम्मानपत्र पाएका छन् । एसईई परीक्षामा प्रथमले १८ हजार द्धितीय दुईजनाले १५÷१५ हजार र कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर प्रथम हुनेले १२ हजार, दोश्रोले १० हजार, तेश्रोले ८ हजार र सान्त्वनाले ५ हजार नगदका साथमा सम्मानपत्र पाएका छन । मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि डाडाँखर्कले प्रथम पुरस्कार ९ हजार, महेन्द्रोदय मावि ओख्रेले दोश्रो पुरस्कार ७ हजार ५ सय, कृष्ण मावि टेम्माले तेश्रो पुरस्कार ६ हजार नगद पुरस्कार पाएका छन् ।

 

यसैगरी, हिसाब दौडतर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका मिलन खड्का प्रथम, सोही विद्यालयका अंकित तामाङ दोश्रो र जनचेतना प्रावि सर्वेटार सप्तेश्वर छितापोखरीका उमेश खत्री तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार, १ हजार ५ सय र एक हजार नगद पाएका छन् । कक्षा ६ देखि ८ सम्म निबन्ध प्रतियोगिता तर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोरीका सजिना थापा प्रथम, कृष्ण मावि टेम्माका सिमाना राई दोश्रो र सोही विद्यालयका मेलिना राई तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पाएका छन् ।

 

गाउँपालिकामा कक्षा १ देखि १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखि १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखि कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्यालय मध्येबाट उत्कृष्ट बनेका विद्यार्थीहरुलाई गाउँ कार्यापालिका सदस्यले पुरस्कार वितरण गरेका छन् । उत्कृष्ट विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक÷शिक्षीकालाई दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र पूर्व शिक्षक तथा समाजसेवी दावाछिरीङ तामाङ र उपप्रमुख सपना राईले दोसल्ला ओढाई पुरस्कार वितरण गरेका थिए ।